सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द

सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि सरकारले आजदेखि यससँग सम्बन्धित सबै सेवा बन्द गरेको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेत सबै सेवा प्रभावित भएको जानकारी दिएको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’

विभागले प्रणालीमा आएको समस्याको समाधानका लागि काम भइरहेको उल्लेख गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द रहने जनाएको छ ।

यसबाट नयाँ आवेदन, लिखित तथा ट्रायल परीक्षा, लाइसेन्स नवीकरण लगायतका सबै सेवा प्रभावित हुनेछन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय