पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो । साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोको छानबिन प्रतिवेदनका आधारमा आज मुद्दा चलाइएको हो । गैरकानुनीरुपमा सामग्री प्रकाशन÷प्रशारण गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दावी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए । उक्त कार्यक्रम भिडिओ, स्कृनसर्ट कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ । तर, प्रहरीले पाठकसँग भने बयान लिएको छैन ।यसअघि नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर साइबर ब्युरोले अनुसन्धान गर्ने तयारी गरे पनि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय