एसियन कप छनोट : लाओसलाई ९–० ले पराजित गर्दै नेपालको शानदार जित

एसियन कप छनोट : लाओसलाई ९–० ले पराजित गर्दै नेपालको शानदार जित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुआत गरेको छ ।

उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोल अन्तरले पराजित गर्‍यो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरिन् । साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै शानदार प्रदर्शन गरिन् । यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एकएक गोल गरे ।

१२औं मिनेटमा अनिताको गोलबाट पहिलो अग्रता लिएको नेपालका लागि कप्तान साम्बाले ४४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्‍यो ।

पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय