माधव नेपालविरुद्ध झाँक्रीको कडा टिप्पणी, नेकपा एसमा ‘खैलाबैला’

माधव नेपालविरुद्ध झाँक्रीको कडा टिप्पणी, नेकपा एसमा ‘खैलाबैला’

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुटवल । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाल लक्षित गर्दै गरेको कडा टिप्पणीले अहिले पार्टीभित्र ‘खेलाबैला’ मच्चिएको छ ।नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी थिइन् । पार्टी अध्यक्ष लक्षित उनको यस अभिव्यक्तिले अहिले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ । उनले अब पार्टी पुनर्गठनका लागि ‘अर्ली महाधिवेशन’ मा जानुपर्ने समेत बताएकी छन् । झाँक्रीको भाषणाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘तपाईहरूलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ ।’ उनले भनेकी छन्, ‘कहाँ हुन्छ यसरी ? म त भन्छु–अब अर्ली महाधिवेशन गरौं। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जोकोही पनि नेतृत्वमा आउन सक्छ ।’

कुनै समय अध्यक्ष नेपालको नजिकको नेता मानिने झाँक्रीले अहिले एकाएक कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीभित्र खैलाबैला भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए । पतञ्जलि जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

झाँक्रीको अभिव्यक्तिको अंश :-
पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।

होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय