अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार : सांसद भण्डारी

अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार : सांसद भण्डारी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गरेका छन् । बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाए । अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरूरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने । यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुपर्‍यो ।’ उनले अझै पनि सीमान्तकृत वर्गले निःशुल्क रूपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने टिप्पणी समेत गरे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय