सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सर्वोच्चबाट सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सर्वोच्चबाट सफाइ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

व्यवसायी गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । लामो समयदेखि मुद्दा खेप्दै आएका लामा सोमबार सर्वोच्च अदालतको फैसलाबाट निर्दोष ठहरिएका हुन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सरकारी वकिलको पुनरावेदन जिकिरमा दाबी नपुगेको ठहर गर्दै लामालाई सफाइ दिएको हो ।

लामाविरुद्ध २०७० साल जेठ ५ गते १ करोड ४० लाख रुपैयाँ बराबरको शुद्धीकरण मुद्दा दायर गरिएको थियो । विशेष अदालतले २०७५ साउन २४ गते लामालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय, बिगोअनुसार जरिवाना र सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।

विशेष अदालतको उक्त फैसलाविरुद्ध लामा २०७५ पुस ९ गते सर्वोच्च अदालत पुगेका थिए । पछि सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

तर सर्वोच्चले दुवै पक्षको बहसपछि सरकारी पक्षको दाबी अपुरो भएको ठहर गर्दै विशेष अदालतको फैसला उल्ट्याएको हो । अदालतले लामा विरुद्ध दायर शुद्धीकरण मुद्दा अस्वीकृत गर्दै उनलाई पूर्ण सफाइ दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय