युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । युद्धग्रस्त इरानमा रहेका नेपालीहरुको उद्धारका लागि भारतले मद्दत गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ। भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएको छ।

नेपालसँगै भारतले श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई पनि उद्धार गर्न मद्दत गर्नेछ।’

भारतीय दूतावासले नेपाली नागरिकलाई सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले सहयोग गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय