अलबिदा स्टाटस लेखेर सम्पर्कविहीन भएका डा श्रेष्ठ सकुशल भेटिए

अलबिदा स्टाटस लेखेर सम्पर्कविहीन भएका डा श्रेष्ठ सकुशल भेटिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर बालाजुमा सकुशल भेटिएका छन्।

सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेट्टाएको हो। जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेको थियो। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको हो।

उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याउँदै छ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताएका छन् । रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरीटेण्डेण्ट श्रेष्ठले फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए। उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा, मलाई माफ गरिदिनु भन्दै लेखेका थिए।

डा. श्रेष्ठ बिहान ९ बजेर ४७ मिनेटमा चाबहिलस्थित गोपीकृष्ण फिल्महल नजिकैबाट स्टाटस पोस्ट गरेको ‘लोकेट’ भएको थियो । त्यसपछि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर लगायतका प्रहरीका विभिन्न युनिट खोजीमा जुटेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय