सहकारी ठगी : रवि लामिछानेविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

सहकारी ठगी : रवि लामिछानेविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम ठगेको आरोपमा सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता भएको हो । सभापति लामिछानेसँगै अन्य २९ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको जनाइएको छ ।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

सहकारी ठगी गरेकै आरोपमा सभापति लामिछाने अहिले कारागारमा छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय