सत्ता साझेदार दलले नै गर्‍यो बजेटको विरोध, बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

सत्ता साझेदार दलले नै गर्‍यो बजेटको विरोध, बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसदको बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन्। आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन्।

बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन्। उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शकदिर्घामा गएर बसेका हुन्। उनी संसद्को हाजिर गरेर दर्शकदिर्घामा गएका हुन्। केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन्।प्रतिनिधि सभाको बाल्कोनी दर्शक र पत्रकारहरूलाई छुट्टयाइएको हुन्छ। आगन्तुहरूलाई पास दिएर त्यहाँको लहरमा बसाइन्छ। सामान्यतया त्यहाँ प्रतिनिधि सभाका सांसदहरू भने जाँदैनन्। विरोध लगत्तै सांसद बजगाईले नोट पनि जारी गरेका छन्।

‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ। नेपालका अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ ! भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालजी, तपाईंले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन,’ उनले भनेका छन्।

भौतिक मन्त्रीले गोरखाको बिना सडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गरेको पनि आरोप लगाएका थिए। ‘बजेटको विरोध दर्शक दीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुखद विषय हो,’ उनले भनेका छन्, ‘प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री माननीय देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन्।’

भौतिक मन्त्री दाहाल गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिएको उनले आरोप लगाएका छन्। ‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भत्र्सना गर्दछु। पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ-जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन्, ‘मैले संसदभित्र मात्र होइन, आम दर्शक–श्रोतामाझ पनि बजेटको यो विकृति विरुद्ध आफ्नो विरोध सार्वजनिक रूपमा प्रकट गरेको छु।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय