दिवंगत राजपरिवारको सम्झनामा हिमानी, हृदयेन्द्रसहितले गरे दीप प्रज्वलन

दिवंगत राजपरिवारको सम्झनामा हिमानी, हृदयेन्द्रसहितले गरे दीप प्रज्वलन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । दरबार हत्याकाण्डमा मारिएका राजा–रानीसहित परिवारका सदस्यको सम्झनामा काठमाडौं कमलादी गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ।

हिमानी ट्रष्टले दीप प्रज्ज्वलन आयोजना गरेको थियो। जहाँ पूर्व युवराज्ञी हिमानी शाह र हृदयन्द्र शाहको उपस्थिति थियो। यसअघि नारायणहिटी दरबार परिसरमा रहेको नारायण मन्दिरमा दीप प्रज्वलनको तयारी गरिएको भए पनि कमलादीमा गरिएको थियो। दीप प्रज्ज्वलनमा पूर्वराजा ज्ञानेन्द्र शाह भने अनुपस्थित थिए। २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित परिवारका सदस्य मारिएका थिए।

उनीहरूसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी नेता–कार्यकर्ताहरू पनि कमलादी पुगेका छन्। दीप प्रज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्बिरमा माल्यार्पण गरेका थिए । उनीपछि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय