पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी जादै

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी जादै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी जादैछन् ।

नारायणहिटी राजदरबार हत्याकाण्डको २४ औं स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन शाह नारायणहिटी जान लागेका हुन् ।

पूर्वराजपरिवारका सदस्यहरुले आज दीप प्रज्वलन कार्यक्रम गर्दैछन् । यो कार्यक्रम हिमानी ट्रष्टले राखेको हो ।

हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरुकी बुहारी हिमानी शाह छिन् ।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो । अहिलेसम्म पनि उक्त हत्याकाण्डको विश्वसनीय छानबिन हुन सकेको छैन । वीरेन्द्रको शेखपछि राजा भनेका उनका भाइ ज्ञानेन्द्रको शासनकाल लामो हुन सकेन । २०६२र६३ मा भएको आन्दोलनले राजतन्त्रको अन्त्यपछि उनले नारायणहिटी दरबार छोड्नु परेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय