प्रधानमन्त्री ओलीले पोस्टर सार्वजनिक गर्दै भने- म झोले हो

प्रधानमन्त्री ओलीले पोस्टर सार्वजनिक गर्दै भने- म झोले हो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।

दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।

पोस्टर बाहेक पनि स्टाटस लेखिएको छ । जहाँ ओलीले झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरेका छन् । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ’, ओलीले लेखेका छन् ।

केही दिन अगाडि सार्वजनिक भाषण मार्फत् पनि आफू झोलेको भएको बताएका थिए ।

आजै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय