भुटानका प्रधानमन्त्रीबाट स्वामी आनन्द अरुणलाई विशेष डिनरको निमन्त्रणा, अन्तर्राष्ट्रिय ध्यान सम्मेलनमा प्रमुख अतिथि

भुटानका प्रधानमन्त्रीबाट स्वामी आनन्द अरुणलाई विशेष डिनरको निमन्त्रणा, अन्तर्राष्ट्रिय ध्यान सम्मेलनमा प्रमुख अतिथि

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- भुटानका प्रधानमन्त्री दशो छिरिङ तोब्गेले नेपालका बोधिसत्व तथा ओशो आन्दोलनका आध्यात्मिक गुरु स्वामी आनन्द अरुणलाई विशेष डिनरको लागि निमन्त्रणा गरेका छन्।

भुटान सरकारको आधिकारिक निमन्त्रणामा ‘Bhutan Meditation Conference 2025’ मा सहभागी हुन भुटान जान लागेका स्वामी अरुणलाई प्रधानमन्त्री तोब्गेले जुन ५ तारिखको साँझ आयोजना हुने डिनरमा आमन्त्रण गरेका हुन्।

उक्त विशेष डिनरमा भुटानकी मुमा बडामहारानीको समेत उपस्थिति रहने कार्यक्रम रहेको छ।यो भेटलाई नेपाल-भुटानबीचको आध्यात्मिक सम्बन्धको सन्देशवाहक रूपमा हेरिएको छ।

जेठ २१ देखि २४ गतेसम्म थिम्पुमा आयोजना हुने अन्तर्राष्ट्रिय ध्यान सम्मेलनमा स्वामी आनन्द अरुणले ओशो दर्शनका विविध आयामहरू, ध्यान विधिहरू तथा चेतनाको विकाससम्बन्धी अनुभवहरू साझा गर्नुहुनेछ। उहाँले सम्मेलनको विशेष सत्रमा Osho Chakra Sound Meditation को प्रत्यक्ष मार्गदर्शन समेत गर्नुहुनेछ।

चार दशकभन्दा बढी समयदेखि ओशोको ध्यानमार्गमा समर्पित रहँदै आउनु भएका स्वामी अरुणले ओशोका शिक्षालाई विश्वभर फैलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको मौनता, उपस्थिति र आध्यात्मिक उचाइले सम्मेलनमा सहभागी हुने दर्जनौँ अन्तर्राष्ट्रिय साधकहरूलाई विशेष प्रेरणा दिने अपेक्षा गरिएको छ।

भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक स्वयं सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ। राजकीय उपस्थितिले ध्यान र चेतनाप्रतिको भुटानको सम्मानलाई विश्वसमक्ष प्रष्ट रुपमा प्रस्तुत गर्ने आयोजकहरूले बताएका छन्।

यस सम्मेलनमार्फत भुटानले ध्यान र आन्तरिक उन्नतिलाई राष्ट्रिय प्राथमिकतामा राख्ने सांस्कृतिक दृष्टिकोणलाई पुनः पुष्टि गर्ने विश्वास गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय