गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : माओवादी केन्द्र

गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : माओवादी केन्द्र

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

उनले भने- ‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका छन्, चौतर्फी आवाज आइरहेको छ, यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, कांग्रेसका नेताहरुले समेत राजीनामा मागेका छन् । हाम्रो पार्टीको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’

प्रवक्ता सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ र जति ढिला भयो उती राज्यको साख गिर्ने बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय