रविको मुद्दाको आदेशमा त्रुटि देखिएपछि सच्याउन सर्वोच्चले तोक्यो पेशी

रविको मुद्दाको आदेशमा त्रुटि देखिएपछि सच्याउन सर्वोच्चले तोक्यो पेशी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि देखिएपछि सच्याउनका लागि आजै पेशी तोकिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेश सच्याउन उनीहरुकै इजलासमा पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकिएको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता समेत रहेका उपरजिष्ट्रार निराजन पाण्डेले आदेश हुनुपर्नेमा फैसला भनेर उल्लेख भएका कारण त्यसलाई सच्याउनका लागि पेशी तोकिएको बताए ।

कसैको निवेदनबिना सर्वोच्च आफैँले पेशी तोकेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय