आर्थिक अभावमा मृत्यु कुरिरहेका डाँगीको जीवनमा आशाको किरण बने सांसद शर्मा

आर्थिक अभावमा मृत्यु कुरिरहेका डाँगीको जीवनमा आशाको किरण बने सांसद शर्मा

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जीवनभर मेहनत गरेर गुजारा गर्दै आएका मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–४ निवासी ६२ वर्षीय धन बहादुर डाँगी पछिल्ला केही महिनादेखि हाइड्रोसिल रोगले पीडित थिए। तर अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनी उपचार गर्न असमर्थ थिए र पीडामा मृत्यु कुरेर बस्न बाध्य थिए।

यस दुखद अवस्थाको जानकारी पाएपछि स्थानीय समाजसेवी कोपिला कार्की ले मानवीय सम्वेदना प्रकट गर्दै यो विषय नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मा समक्ष पुर्‍याइन्।

खबर प्राप्त गर्दैमा डा. शर्माले तुरुन्तै नोबेल मेडिकल कलेजमा सम्पर्क गरी आवश्यक निर्देशन दिए। उनको पहलमा तुरुन्तै स्वास्थ्यकर्मी टोलीसहितको एम्बुलेन्स कानेपोखरी पठाइयो, जहाँबाट बिरामी डाँगीलाई अस्पताल पुर्‍याइयो।

हाल धन बहादुर डाँगीको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भैरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था सुधारोन्मुख छ र छिट्टै स्वास्थ्यलाभ हुने अपेक्षा गरिएको छ।

डा. सुनिल शर्मा प्रतिनिधिसभाका ती विरलै भेटिने सांसदमध्ये पर्छन् जसले अहिलेसम्म तलबभत्ता नलिने निर्णय गर्दै आएका छन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरबाट उपचार सम्भव नभएका बिरामीहरूलाई उनी काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउने गर्छन्।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत स्थापना गरिएको छ। पार्टीको पहिचान नहेरी सबै नेपालीलाई समान सेवा दिने उहाँको प्रतिबद्धता आज पनि उदाहरणीय छ।

हालै उनले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।

डा. शर्माले देखाएको मानवीयताको यो अनुकरणीय उदाहरणले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देश दिएको छ। यस कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ र कठिन अवस्थामा रहेका एक वृद्ध नागरिकको जीवनमा नयाँ आशाको किरण बाँचेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय