विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिए । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइन कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्‍यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैंभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट टाढा जाँदै गर्दा, यो सजिलो छैन, तर अहिले यो सही लाग्छ । मैले यसमा मेरो सबैथोक दिएको छु र यसले मलाई अपेक्षा गरेको भन्दा बढी दिएको छ । म खेलको लागि, मैदानमा रहेका मानिसहरूको लागि र यो यात्रामा मलाई साथ दिने सबैको लागि आभारी छु । म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु ।’

विराटले पोष्टको अन्त्यमा आफ्नो जर्सी नम्बर ‘२६९’ र ‘साइन अफ’ लेखेका छन् ।

यसअघि उनले भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई दिएको र बोर्डले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको बताइएको थियो ।

यसअघि बिहीबार रोहित शर्माले सामाजिक सञ्जाल पोस्ट मार्फत टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

३६ बर्षिय विराटले पछिल्ला ५ वर्षमा, उनले ३७ टेस्टमा केवल ३ शतक बनाए र उनको औसत ३५ भन्दा कम थियो । यसअघि, कोहलीले टी-२० क्रिकेटबाट सन्यास लिएका थिए, तर उनी आईपीएल २०२५ मा उत्कृष्ट फर्ममा रहेका छन् । कोहलीले टेस्टमा ३० शतक बनाएका छन् । यी मध्ये सबैभन्दा धेरै १४ शतक भारतीय भूमिमा बनेका छन् । जबकि न्युजिल्याण्डमा उनले कम्तिमा एक शतक बनाएका छन् ।

अब विराटले एकदिवसीय क्रिकेट खेल्ने छन् । टी-२० अन्तर्राष्ट्रियबाट उनले यसअघि नै सन्यास लिएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय