बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दायर (पूर्णपाठ)

बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दायर (पूर्णपाठ)

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नक्सालमा रहेको बाल मन्दिरको जग्गा हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानवीन गरेर मुद्दा बुझाएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । 

मुद्दामा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रितासिंह वैद्यसहित १७ प्रतिवादी छन् । भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको उक्त मुद्दामा ६० करोडभन्दा बढी रकम मागदावी पेश भएको छ ।

प्रतिवादी बनाइएका भारत, कर्नाटक राज्य, बैंग्लोरका कीर्तिप्रसाद पाण्डे बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि सो जमिन ओगटेको छ । उनी नेपालमा बसोबास गर्ने भारतीय नागरिकको एक संस्थाका अध्यक्ष पनि हुन् ।

मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन सदस्य एवं श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालीन अख्तियार प्राप्त महासचिव श्यामकुमार आले, तत्कालीन अख्तियार प्राप्त महासचिव सुवासकुमार पोखरेल, तत्कालीन महासचिव प्रचण्डराज प्रधान, तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालीन उप–कोषाध्यक्ष दिपदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्राली सञ्चालनकहरु प्रविणराज जोशी, मुरारीनिधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिवन सिंघानिया, सिद्धार्थ केडिया, किर्तीप्रसाद पाण्डेसहित छन् ।

पूर्णपाठ :

https://drive.google.com/file/d/1ufsR7nOhPJ7myHdYdd9TugiKzWIBJ4wL/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय