कतै मेघगर्जन र चट्याङसहित वर्षा, कतै हिमपातको सम्भावना

कतै मेघगर्जन र चट्याङसहित वर्षा, कतै हिमपातको सम्भावना

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पूर्वी तराईका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो ।

आज (मंगलबार) दिउँसोपख काठमाडौँ उपत्यकासहित देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही क्षेत्रमा चट्याङसहित वर्षा र केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको हो । मंगलबार राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय