अमरेश सिंहको आरोप- कांग्रेस–एमालेले देशको बजेट सत्यानाश गर्ने कसम खाएका छन्

अमरेश सिंहको आरोप- कांग्रेस–एमालेले देशको बजेट सत्यानाश गर्ने कसम खाएका छन्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेले सबै निर्माण व्यवसायीलाई पार्टीमा भित्र्याएर देशको सार्वजनिक बजेट सत्यानाश गर्छु भनेर कसम खाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गणतन्त्रकै एउटै देन लुटतन्त्र भएको टिप्पणी गरे । उनले भने, ‘पार्टी र सरकारको आवरणमा देशलाई अस्तव्यस्त नबनाऔं । काठमाडौं आएको पर्यटक लुम्बिनी जान खोज्यो भने कसरी जाने ? सडक नबनेर भद्रगोल छ । दुर्घटनाको जोखिम छ, जुनसुकै सडक होस्। सडक बने पनि गुणस्तरीय छैन ।’ उनले काम नगर्ने निर्माण व्यवसायीहरूलाई सरकारले पटक पटक म्याद थप गरेकोप्रति पनि आपत्ति जनाए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय