शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो : एमाले 

शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो : एमाले 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले सरकार ढालेर प्रधानमन्त्री बन्ने असफल प्रयास बन्द गर्न आग्रह गरे ।

‘पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ’, उनले भने, ‘त्यसो भए मात्रै प्रतिपक्षीका माननीयले राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको अर्थ हुनेछ ।’

उनले ‘शिक्षक महासंघका नेता बैठकबाट बाहिर आएपछि समस्या ज्युँकात्युँ रहने किन भइरहेको छ ?’ भन्दै प्रश्न गरेका छन् । बैठकमा एउटा र सडकमा अर्को कुरा गरिँदा निकास ननिस्किएको उनको भनाइ थियो । सांसद गैरेले एकै पटक सबै माग सम्बोधन गर्ने अवस्था नरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीलाई पनि जानकारी भएको बताएका छन् । उनले सरकारले शिक्षकसँगको वार्तालाई बुधबारसम्ममा निष्कर्षमा पुर्‍याउने समेत बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय