पूर्वराजालाई कारबाही गर्न एमालेको माग

पूर्वराजालाई कारबाही गर्न एमालेको माग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरित समवेदना सन्देश निकालेको भन्दै कारवाहीको माग गरेको छ।

आज (आइतबार) को प्रतिनिधिसभा वैठकको आवकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुर गैह्रेले पूर्वराजाका संवाद सचिव डा. फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको बताएका हुन् ।

उनले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ भन्दै प्रश्न गरेका छन् । उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा.पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे। ‘संवाद सचिव डा. फणीन्द्रराज पाठकका नाममा जारी भएको समवेदना सन्देश संविधान विपरीत आएको छ । नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ,’ गैह्रेले संसदमा भने, ‘कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा.पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय