नयाँ वर्षमा पनि रोकिएन शिक्षक आन्दोलन

नयाँ वर्षमा पनि रोकिएन शिक्षक आन्दोलन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 नयाँ वर्षको दिनमा पनि शिक्षकहरूको आन्दोलन जारी नै छ ।

केही दिनदेखि लगातार आन्दोलन गर्दै आइरहेको शिक्षक आन्दोलन आज वैशाख १ गते पनि रोकिएको छैन ।

काठमाडौँ केन्द्रित आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दै आएका छन् ।

शिक्षकहरूले माग पूरा नभएसम्म आफ्नो कार्यक्षेत्रमा नफर्किने अडान लिएका छन् । चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू वैशाख १ गते सम्म पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

साथै, स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइसकेका छन् ।

शिक्षकहरू अहिले नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।

महासंघले विधेयकप्रति राहत, करार, बाल विकास, स्थायीलगायतका विभिन्न १८ बुँदे असहमति राखेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय