सूर्य थापालाई धम्कीपूर्ण ‘एसएमएस’ पठाउने युवक पक्राउ

सूर्य थापालाई धम्कीपूर्ण ‘एसएमएस’ पठाउने युवक पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । सो आरोपमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् । यस्तै थापाले सामाजिक सञ्जालमा पन्त परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन् ।

थापाले लेखेका छन्, ‘मलाई मध्यरात (११ः४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘Life on threat cancel Rupandehi’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद छ । ऊ को रहेछ ? हेर्नुहोला !

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय