बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।

तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन् । सरकारले पटक–पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन् । विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ । शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय