सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गते राजावादी आन्दोलनमा मारिएका सुरेश रजक र सविन महर्जनका परिवारलाई सहयोग गर्ने भएका छन् ।

पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका हुन् । घटनामा पत्रकार सुरेश रजक तिनकुने स्थित एक घरमा जलेर र कीर्तिपुरका स्थानीय सविन महर्जनको गोली लागेर उपचारको क्रममा मृत्यु भएको थियो ।

भाटभटेनी सुपरमार्केटले आन्दोलनको क्रममा भाटभटेनी तोडफोड र लुटपाट रोक्न बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय