अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक सम्पत्ति नेपाल फिर्ता 

अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक सम्पत्ति नेपाल फिर्ता 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ ।

आइतबार बिहान पुरातत्व विभागले मूर्तिहरूलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

यीमध्ये तीनवटा पौवा चित्रहरू (१५–१८ औं शताब्दी) का रहेका छन् । यी पौवा चित्रहरू काठमाडौँस्थित इटुम्बहालबाट वि.सि. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२- १३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय