‘कता हिंडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा प्रदर्शन

‘कता हिंडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा प्रदर्शन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

आज (मंगलबार) ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्लाकार्डसहित प्रदर्शन भएको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । माइतीघरमा कुलमानको समर्थनमा युवाहरु स्वतःस्फूर्त आन्दोलनमा उत्रेका हुन् ।

घिसिङलाई हटाउने सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए । यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय