कुलमानलाई हटाइएपछि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा सतर्कता

कुलमानलाई हटाइएपछि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा सतर्कता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा सतर्कता बढाइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसपछि रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन हुनसक्न सम्भावनालाई ध्यानमा राखेर प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । एकीकृत समाजवादी निकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ । उनीहरूले मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहन समेत गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ । घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय