२२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण

२२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको छ । गए राति ना ६ ख ५४९६ नम्बरको ट्रक शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरी नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको भाटभोटेनी सुपरमार्केटको सामान र विद्युतिय सिगरेट (भेप) लाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको छ ।

ट्रकमा ५५ वटा विद्युतीय सिगरेट (भेप) का ठुला डब्बा, ३० वटा सानो डब्बागरी २२ लाख २० हजार रकम बराबरको ७ सय ४० थान भेप र ट्रकसहित चालक प्रविण खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा राखिएको सामान राजस्व कार्यालय हरिहर भवन पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय