यस्तो छ क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ, को कुन ग्रेडमा ?

यस्तो छ क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ, को कुन ग्रेडमा ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरूको नयाँ ग्रेडिङ गरेको छ । पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन् ।

पुरुषतर्फ ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँच वटा समूहमा खेलाडीहरूलाई बाँडिएको छ । ए ग्रेडमा पाँच र बी ग्रेडमा पाँच खेलाडी छन् । यस्तै सीमा चार जना र डीमा १२ जना खेलाडी समेटिएको छ । इमर्जिङमा ७ जना परेका छन् ।

ए ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन् । यस्तै बी, सी डीले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ ।

महिला तर्फ ए ग्रेडमा चार जना, बी ग्रेडमा एक जना सीमा दुईजना र डीमा १२ जना रहेका छन् । महिलामा इमिर्जिङ खेलाडीको सुची बनाइएको छैन ।

ए ग्रेडमा परेकाले ५० हजार, बीले ३५ हजार, सीले २५ हजार र डीले २० हजार मासिक पाउने छन् । पुरुष र महिला दुवैतर्फ अघिल्लो वर्षकै पारिश्रमिकलाई निरन्तरता दिइएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय