कास्की केन्द्र भएर बिहानै भूकम्प

कास्की केन्द्र भएर बिहानै भूकम्प

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कास्की । कास्कीमा आज (मंगलबार) विहानै भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यो गोरखा भूकम्पको परकम्प नभएको भूकम्पविद अधिकारीले जनाएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय