स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

उनले आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताए । उनले सबै संगठनका उम्मेदवारले मनोनयन पत्र लगेको बताए। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो संगठनले सबै क्याम्पसमा मनोनयन पत्र लगेको जानकारी दिए ।

नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उम्मेदवारीका लागि मनोनयनपत्र लगेको बताए। अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले सबै क्याम्पसमा आफ्नो संगठनको उम्मेदवारी दर्ता गराउने बताए । स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय