१७ वर्षको उमेरमा जेल परेका पुरुष ४८ वर्षको उमेरमा रिहा

१७ वर्षको उमेरमा जेल परेका पुरुष ४८ वर्षको उमेरमा रिहा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् ।

कानुनी व्यवस्थालाई राज्यले नै उपेक्षा गर्दा लागुऔषध र कर्तव्य ज्यान दुई मुद्दामा सार्केले पाउनुपर्ने अधिकतम २४ वर्ष सजायको सट्टा ३० वर्ष छ महिना सजाय भुक्तान गरे । १७ वर्षको उमेरमा लागुऔषध मुद्दामा पक्राउ परेका तामाङ सर्वोच्च अदालतको आदेशले ४८ वर्षको उमेरमा फागुन ६ गते रिहा भए ।

नियमित प्रक्रियाबाट कानुनी उपचार नपाएपछि तामाङ वैकल्पिक उपचारबाट बन्दीप्रत्यक्षीकरण रिटको आदेशले थुनामुक्त भएका हुन् ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासको आदेशानुसार तामाङ फागुन ६ गते रिहा भएका हुन् । तत्कालीन मुलुकी ऐनको दण्डसजाय महल अनुसार अधिकतमभन्दा बढीको कैदलाई सर्वोच्चले गैरकानुनी भनेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय