राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने

राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र महतोले ४५ दिने संगठन विस्तार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रूपमा दल दर्ता भइसकेकाले अब संगठनलाई स्थानीयस्तरसम्म मजबुत बनाउन चैत १ देखि वैशाख १५ गतेसम्म अभियान सञ्चालन गरिनेछ,’ उनले भने । अध्यक्ष महतोका अनुसार अभियानमार्फत पार्टीलाई स्थानीयस्तरमा सक्रिय बनाइने छ । ‘संगठनलाई गाउँ–गाउँसम्म पु र्‍याउने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक आर्थिक स्रोत संकलन गर्ने मुख्य लक्ष्य रहेको छ,’ उनले बताए ।

महतोले विचार मिल्ने राजनीतिक दलहरूसँग एकता तथा एकीकरणका लागि वार्ता भइरहेको जानकारी दिए । ‘विश्व राजनीतिमा भइरहेका परिवर्तनहरूले नेपालमा बहुआयामिक दबाब सिर्जना गरिरहेको छ । त्यसैले, समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै दलहरूबीच सहकार्य र एकता आवश्यक देखिन्छ,’ उनले थपे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय