मलद्वारमा लुकाएर ल्याएको साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

मलद्वारमा लुकाएर ल्याएको साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे  तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्।

फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए।

चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको एसएसपी राठौंरको भनाइ छ।

उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय