प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर एकाउन्ट 

प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर एकाउन्ट 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली एकाउन्ट बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले आइतबार प्रेस विज्ञप्तिमा जारी गरेकाे गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा प्रधानन्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकाले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गलत एवं भ्रामक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विटर गर्ने व्यक्तिलाई शीघ्र कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिई सकिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

प्रधानन्यायाधीशको नामबाट ‘Mr Prakash Nepal@Supreme CourtNP’  भन्ने नक्कली आइडी सिर्जना गरी त्यसको दुरुपयोग गरिएको थियो ।  

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय