गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिन माओवादी तयार

गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिन माओवादी तयार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गिरिबन्धु टी–ई स्टेटको जग्गा प्लटिङ गरेर सुकुम्वासीलाई दिने हो भने आफूहरू तयार रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन्।

‘सुकुम्वासीलाई सडकको जग्गा दिने होइन, खोला खोल्साको जग्गा दिने होइन,’ सांसद पौडेलले भने, ‘सुकुम्वासीलाई जग्गा दिने हो भने गिरिबन्धु टी–ई स्टेटको जग्गा प्लटिङ गरेर दिइयोस् । माओवादी तयार छ।’ 

यस्तै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सुकुम्वासीलाई दिँदा पनि माओवादी तयार रहेको सांसद पौडेलले बताए। उनले भने, ‘छाला जुत्ता कारखानाको जग्गा सुकुम्वासीलाई दिइयोस् कहाँ गएको खोजेर माओवादी तयार छ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय