महाकुम्भबाट फर्किदै गरेको स्कर्पियो दुर्घटना : तीन नेपालीको मृत्यु, सात जना गम्भीर

महाकुम्भबाट फर्किदै गरेको स्कर्पियो दुर्घटना : तीन नेपालीको मृत्यु, सात जना गम्भीर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सप्तरी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का लिलावती चौधरी र परशुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । यस्तै वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको उक्त वडाका वडाध्यक्ष कैलास साहले जानकारी दिए ।

दुर्घटनामा घटनामा सात जना गम्भीर घाइते छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा शुक्रबार राति स्कोर्पियो दुर्घटनामा परेको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ ।

घाइतेहरुको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय