‘नो केबलकार समूह’ लाई फेरि वार्ताका लागि बोलाइयो

‘नो केबलकार समूह’ लाई फेरि वार्ताका लागि बोलाइयो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ताप्लेजुङ । पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले फेरि छलफलका लागि बोलाएको छ ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधाका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्तामा आउन अपिल गरेका हुन् ।

सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकाल्दै आन्दोलनरत् समूहलाई संवादमा आएर समाधान खोज्न आग्रह गरेका हुन् । सरकारले केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधान गर्न भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता टोली गठन गरेको थियो । ‘नो केबलकार’ समूहले पनि अमर तुम्हाङ्गको संयोजकत्वमा वार्ता समिति बताएको थियो ।

दुई पक्षबीच २-३ चरणमा वार्ता भएपनि समाधान निस्किएको छैन । आन्दोलनरत् पक्षले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने माग राख्दै आएको छ । केबलकार निर्माण स्थलमा पछिल्लो समय झडप समेत हुँदै आएको छ । आन्दोलनरत समूहले शुक्रबार पनि काफ्लेपाटीमा नारा जुलुससहित कोण सभा गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय