‘कमेडी दरबार’बाट विदा भए बिजय बराल, मनोज गजुरेल भित्रिँदा होस्ट पनि परिवर्तन

‘कमेडी दरबार’बाट विदा भए बिजय बराल, मनोज गजुरेल भित्रिँदा होस्ट पनि परिवर्तन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

छोटो समयमा नै चर्चामा आएको कार्यक्रम ‘कमेडी दरबार’बाट अभिनेता बिजय बराल जजको भूमिकाबाट विदा भएका छन्। 

उनको ठाउँमा स्ट्यान्ड अप कमेडीका प्रख्यात मनोज गजुरेल भित्रिएका छन्। 

कमेडी दरबार टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो। 

महाराजाको भूमिकामा देखिँदै आएका अभिनेता विजय बरालको ठाउँमा मनोजलाई ल्याइएको हो। 

विजय अब आगामी एउटा एपिसोडमा मात्र देखिनेछन्। २७ एपिसोडबाट दर्शकले मनोजलाई शोमा देख्न पाउनेछन्।

यसका होस्ट पनि परिवर्तन भएका छन्। पूर्वमिस नेपाल नम्रता श्रेष्ठ पनि अब देखिने छैनन्। 

अब शोका निर्देशक विक्की अगरवाल स्वयंमले सजिना खनालसँग मिलेर होस्ट गर्नेछन्। सजिना मिस सुप्रा नेसनल २०२४ की विजेता हुन्। 

शोलाई विक्की र श्रद्धा प्रसाईले निर्देशन गर्दै आएका छन्। गौरी मल्ल भने जजमा यथावत छिन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय