८४ मा बहुमत दिने भए पार्टी खोल्छु : हर्क साम्पाङ

८४ मा बहुमत दिने भए पार्टी खोल्छु : हर्क साम्पाङ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ८४ मा बहुमत दिने भए पार्टी खोल्ने इच्छा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘म बुझ्न चाहन्छु यदी ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु!’

मिसन ८४ स्वरुप पार्टी खोलेमा भ्रष्टाचार गरी ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी जेल कोच्ने यसको मूल एजेण्डा हुने मेयर हर्कको भनाइ छ। ‘पार्टीको एजेण्डा एउटै हुने छ, भ्रष्टाचार गरेर ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी घोक्रे ठ्याक लाएर जेल कोच्ने!’

सोही क्रममा उनले विदेशमा पलायन भएको पैसा फिर्ता गर्ने उद्देश्यसहित सबैको साथ समेत खोजेको जनाएका छन्। उनले भने, ‘पलायन भएको पैसा फिर्ता गर्ने ! दिने हो साथ ?’

यस्तै मेयर हर्कले यो देशको फोहोरी राजनीतिलाई सफा गर्ने हो र देशको फोहोर तह लगाउने नै हो भने माथि मूहानबाटै सफा गर्नु पर्ने बताएका छन्। उनले तल तल मात्रै सफा गरेर नहुने भन्दै मुहान नै दुषित भएको व्यंग्य समेत गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय