अदालतमा बाढी पसेपछि सुनुवाइ नै स्थगित

अदालतमा बाढी पसेपछि सुनुवाइ नै स्थगित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेपछि अदालतका सुनुवाइ नै स्थगित भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेपछि जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पानी पसेको हो । पानी पसेपछि सुनुवाइ नै स्थगित भएको विशेष अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार पानी पसेपछि बाहिर निस्किन सक्ने अवस्था छैन । ‘साढे दुई बजेपछि अदालत परिसरमा पानी पस्यो । केहीबेरमा अदालतभित्रै पनि पानी पस्यो,’ रेग्मीले भने, ‘फाँटमा पनि पानी पसेपछि सुनुवाइहरू स्थगित गर्नुपर्‍यो ।’ अदालतमा न्यायाधीशहरू पनि त्यहीं फसेका छन् । अहिले सुरक्षाकर्मीहरू त्यहाँ पुगेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय