विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धनगढी । धनगढीमा विद्यालयबाट फर्किदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।

पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएको पाइएको प्रहरीले जनाएको छ । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन्।

किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय