आज २०८१ साल माघ २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल माघ २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

साहसी खबर
4 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विवादास्पद मामिलाहरूमा धेरै नबोल्दा राम्रो होला। मित्रहरूसँगको भेटघाटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रियजनहरूबाट उपहार मिल्नाले खुसी मिल्नेछ। नोकरी वा पेशामा कार्यशैलीमा सानो परिवर्तनले पनि ठूलो कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरको साज सजावटमा धन खर्च हुनेछ। अड्किएको ऋण लिनमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ नदिनाले कार्य समयमा सम्पादन नहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। वाक्चातुर्यले गर्दा उल्झेको कार्यहरु सुल्झिनेछ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सहकारी र वित्तीय मामिलाहरूमा गम्भीर विचार गरेर निर्णय लिनुहोला। कार्यक्षेत्रमा अधिकारको लागि संघर्ष गर्नुपर्ला। नयाँ नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कारोबारमा थप लगानी लगाउनको लागि उपयुक्त समयको विचार गर्नुहोस्। खर्चमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। स्वास्थ्यमा खानपिनको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारमा मांगलिक वा धार्मिक कार्यक्रममा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । कार्यको व्यस्तताले गर्दा परिवारलाई समय दिन नसकिएला। अविवाहितहरूलाई विवाहका कुराहरू चल्नेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। अनलाइन किनमेलमा धोखा मिल्न सक्ला सचेत रहनुहोस्। विद्यार्थी वर्गलाई आफ्नो करियरमा नयाँ अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय