बेलायतका राजकुमार राजकुमारी आज नेपाल भ्रमणमा आउँदै

बेलायतका राजकुमार राजकुमारी आज नेपाल भ्रमणमा आउँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा आज नेपाल आउँदै छन् ।

राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ।

राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन्। उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन्। यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन्।

राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। राजकुमारी सोफिया काठमाडौं आएपछि श्रीमान् एडवार्डसँग अन्य कार्यक्रममा सहभागी हुनेछिन्।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन्। पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन्। उनीहरु आगामी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले जनाएको छ। 

राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन्। 

बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये उनी १५औँ नम्बरमा छन्। सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अतिविशिष्ट विदेशी पाहुना हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय