काठमाडौंमा ‘नो केबलकार समूह’ को प्रदर्शन

काठमाडौंमा ‘नो केबलकार समूह’ को प्रदर्शन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ । आज (सोमबार) विभिन्न प्लेकार्डसहित केबलकारको विरोधमा समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

उनीहरूले असक्षम गृहमन्त्रीले राजीनामा दे !, नो केबलकार, हजारौं प्रजातिका रुखहरू काट्ने विकास चाहिँदैन, सीडीओलगायत दोषीलाई कारबाही गर, गिरफ्तार नागरिकलाई रिहाइ गर, मुक्कुम्लुङमा राज्य आतंक बन्द गर, लगायतका नारासहितका प्लेकार्ड बोकेका छन् । गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुई जनालाई गोली लागेको थियो ।

त्यसयता केबलकार विरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय