३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ

३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रहरीले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने र गराउने समूहलाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु बाट खटिएको टोलीले बेटिङ एप्स मार्फत विश्वभर सञ्चालन भइरहेका अनलाईन गेमहरु विभिन्न बेटिङ वेभसाईटको प्रयोग गरी भारतिय बेटिङ खेल्ने एजेण्टसंग सम्पर्क गरी खेल्ने र खेलाउने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

ललितपुरको सानेपा स्थित एक भाडाको घरमा बसिरहेको अवस्थामा १० भारतिय र १४ जना नेपाली सहित २४ जनालाई पक्राउ गरेको हो ।  उनीहरुबाट ५७ थान मोवाईल, विभिन्न कम्पनीका १३ ल्यापटप, विभिन्न बैंकको एटिएम ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय