महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाद्वारा घरेलु फुटबलबाट सन्यासको घोषणा

महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाद्वारा घरेलु फुटबलबाट सन्यासको घोषणा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् ।

राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।

उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरूले गार्ड अफ अनर प्रदान गरेका थिए ।

बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय